नियम १७
समानुपातिक निर्वाचनको लागि मनोनयनपत्र कायम हुने
(१) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि सम्बन्धित दलले आयोगमा पेश गरेको उम्मेदवारको बन्दसूचीलाई नै त्यस्तो उम्मेदवारको मनोनयनपत्र मानिनेछ । (२) दलले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेश गर्दा त्यस्तो बन्दसूचीमा नाम समावेश भएका प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवार हुने व्यक्तिको मञ्जुरीनामा तथा ऐनको दफा ७० बमोजिम धरौटी राखेको भौचर वा नगदी रसिद समेत पेश गर्नु पर्नेछ ।